डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना अफर सार्वजनिक

काठमाडौं । डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ । यस अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६,६८५ रूपैयाँ (भ्याट बाहेक) मा जडान गर्न सक्नेछन । साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डुअल ब्यान्ड) राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ । यस अघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मुल्य ७,७९९ रूपैयाँ पर्ने गर्दथ्यो ।

यो सान्दार १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।

यस् अघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मुल्य १०,४९९ रूपैयाँ (भ्याट बाहेक) पर्ने रहेको छ ।

थप जानकारीको लागि आफू नजिकैको डिशहोम फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स