प्रोत्साहन गर्नु ठूलो विषय हो, सम्मान र पुरस्कारको मूल्य हुँदैन : सीईओ शाह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले एकै पटक दुई अवार्ड पाएपछि खुशी साटन गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले यो सम्मान र पुरस्कार कम्पनीका लागि अमूल्य पुँजी भएको र यसको कुनै मूल्य नहुने बताएका छन् ।

कम्पनीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सीईओ शाहले इण्डियन चेम्बर अफ कमर्शले उत्कृष्ट लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल) र अतिप्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)अवार्ड कम्पनीले पाउँदा खुसी र गौरव लागेको बताए ।

‘यो अवार्डले अझ जिम्मेवारी थपेको छ,’ उनले भने ‘टेक्नोलाजीमा राम्रो काम गरेको र यसकै माध्यमबाट अन्य पोलिसीमा समेत राम्रो गरेको भन्दै पुरस्कार पाइयो । यसको प्यारामिटर बढ्दै जान्छ, गन्तव टुंगिएको होइन र यसको कहिले अन्त्य पनि हुँदैन । हामीले जति प्रविधिको उपयोग गर्न सक्यौ त्यति नै राम्रो हुन्छ ।

एशियाका उदीयमान बीमा कम्पनीहरूको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदि विधामा स्वतन्त्र मूल्यांकनबाट कम्पनी सम्मानित भएको हो । ३० वर्षदेखि निर्जीवन बीमा व्यवसाय सेवा प्रदान गर्दै आएको यस कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सुझबुझ, कार्य कुशलता र दक्ष कार्य सम्पादनको कारण कम्पनीले अवार्ड जितेको हो । कम्पनीले प्रविधिको प्रयोग गरेर धेरै बीमा पोलिसी बिक्री गरेको हुँदा प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरेको हो ।’

कार्यक्रममा निकै प्रफुल्ल देखिएका सीईओ शाहसँगै कम्पनीको पुरै टिमको खुशीको सीमा थिएन । भद्र स्वभावका सीईओ शाहले पत्रकारसँग कुरा गर्दै भने –त्यति लामो इतिहास बोकेको र प्रतिष्ठा कमाएको कम्पनीले देशकै गन्यमान्य उच्च तहका व्यक्तिको बीच अवार्ड प्रदान गरेको बताए । हिमालयन एभरेष्टले लघुबीमालाई बढवा दिँदै आएकाले सोही विधामा कम्पनीले पुरस्कार प्राप्त गरेको सीईओ शाहले जानकारी दिए ।

गत बिहीबार मंसिर ७ गते मुम्बइको ताज ल्याण्ड इन्ड होटलमा भारतीय चेम्बर अफ कमर्शद्वारा आयोजित चौथो आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभ विमस्टेक राष्ट्रका जीवन र निर्जीवन दुबै विधाका कम्पनीलाई सम्मान गरेको हो ।

भारतीय चेम्बरले बिमष्टेक राष्ट्रका बीमा कम्पनीहरूको व्यावसायिक वृद्धि, बीमा पहुँच विस्तार र बीमा क्षेत्रको डिजिटाइजेशनमा प्रोत्साहन गर्ने ध्येयले इण्डियन चेम्बर अफ कमर्शले उक्त अवार्ड प्रदान गर्दै आएको छ । विभिन्न विधाहरूमा नेपालका बीमा कम्पनीहरूमध्ये २ वटा विधामा पुरस्कार प्राप्त गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स एकमात्रै पहिलो कम्पनी हो ।

‘नेपालमा सामान्यतया १५ लाख बीमा पोलिसीहरू काटिने बताउँदै उनले भने–‘हिमालयन एभरेष्टले प्रविधिको सहायतामा १७ लाखभन्दा बढी मानिसलाई एउटै पोलिसीबाट बीमाको सुविधा दिइरहेका छौं, प्रविधिको प्रयोग गरेनौं भने त्यो सम्भव थिएन, प्रविधिको प्रयोग गरेको हुँदा उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कार राशी बढी रूपैयाँको नभए पनि प्रोत्साहन गर्नु ठूलो विषय हो ।’

उनका अनुसार विगतमा कम्पनीले जुन सूचकहरू प्राप्त गरेको थियो आगामी दिनमा त्योभन्दा बढी हासिल गर्नुपर्ने चुनौती थपिएको छ । साथै, आजभन्दा भोलि र भोलिभन्दा पर्सि राम्रो गर्दै जानु पर्ने दायित्व पुरस्कार र सम्मानले थपेको बताए । चेम्बरले कम्पनीहरूले दिएको विवरणका आधारमा ४ महिना समय लगाएर मूल्यांकन गरी कम्पनी छनोट गरेको हो ।

सम्मेलनमा नेपाल, भुटान, बर्मा, भारत, श्रीलङ्का, बङ्गलादेश लगायत देशका ८० बीमा कम्पनीहरू सहभागी थिए । उनका अनुसार भारत, श्रीलङ्का र बङ्लादेशको बीमा क्षेत्र नेपालको तुलनामा विकसित छ । तर, बर्मा र भुटानको बीमा क्षेत्र भने नेपालभन्दा पछि छ ।

कार्यक्रमा सीईओ शाहले नेपालमा पनि बीमा कम्पनीहरूलाई प्रोत्साहन गर्न यस्ता पुरस्कार वितरण गर्ने संस्था जन्मिनुपर्ने बताए । बीमा पहुँच, शाखा, नाफा, कर्मचारी, कर्मचारी संख्यालगायत सूचकमा जुन कम्पनी उत्कृष्ट छ, ती कम्पनीलाई पुरस्कार वितरणको अभ्यास थालनी गर्नुपर्ने उनको भनाइ थियो

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स