४ महिनामा साढे ४ खर्ब नाघ्यो व्यापार घाटा

बाठमाडौं । चालु आर्थिक वर्ष २०८० /८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे ४ खर्ब नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो ।
भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल ५ खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने रु ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ ।
गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात ३.७९, निर्यात ७.६८, व्यापार घाटा ३.३४ र समग्र वैदेशिक व्यापार ४.१५ प्रतिशतले घटेको छ ।
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल ३ खर्ब ४७ अर्ब ३ करोड बराबरको व्यापार गर्दा २ खर्ब ८१ अर्ब २ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स