चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा आई.एम.ई.लाइफ इन्स्योरेन्स सम्मानित

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘बेस्ट लाइफ इन्स्योरेन्स अवार्ड–नेपाल’ को (रनर अप) को रुपमा सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्सद्वारा मंसिर ७ गते मुम्बईमा आयोजित प्रतिष्ठित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२३ मा आई.एम.ई. लाइफ इन्स्योरेन्स उक्त अवार्डबाट सम्मानित भएको हो ।

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लुसी, भारतीय बीमा संस्थान लगायत थुप्रै संस्थाहरुद्वारा स्वतन्त्र रुपमा मूल्यांकन गरि विभिन्न वित्तीय सुचाड्ढहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको होे।

भारतको मुम्बईमा आयोजित भव्य समारोहका बीच आई.एम.ई. लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त अवार्ड ग्रहण गरेको हो ।

उक्त इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड समारोहमा अन्य थुप्रै बीमा कम्पनीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स