बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप, अश्रुग्यास र पानीको फोहरा प्रहार

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।

प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबीच झडप भएको हो । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स