रिडी पावरका पूर्वअध्यक्ष न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर, करिब दुई करोड बिगो मागदाबी

काठमाडौं । सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।

सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विभागले न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका उर्जा उत्पादक न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो ।

विभागले उनीमाथि एक करोड ९९ लाख रुपैंयाँ बिगो मागदाबी गरेको छ । विभागले गत २३ कार्तिकमा नै न्यौपाने विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।

त्यस्तै, विभागले न्यौपानेलाई इनसाईडर ट्रेडिङ गर्न सहजीकरण गरेको अभियोगमा रिडी पावरका सीईओ कुवेरमणी नेपाल विरुद्द पनि मुद्दा दायर गरेको छ। कुवेरमणी नेपाललाई भने गुरुप्रसाद न्यौपानेलाई हुने सजायको आधा सजाय गर्न माग गर्दै विभागले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स