विन नेपाल लघुवित्तको सीईओमा जीवन खनाल नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जीवन खनाल नियुक्त भएका छन् ।

कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षे कार्यकालको लागि सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त खनालले गत कात्तिक ५ गतेदेखि कार्यभार सम्हालेका छन् ।

उनी यसअघि स्वस्तिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृत थिए । तत्कालीन स्वाबलम्वन विकास केन्द्रमा २०६३ सालमा ट्रेनि असिस्टेन्टबाट करिअर सुरु गरेका खनालसँग सिभिल लघुवित्त, स्वदेशी लघुवित्त, स्वस्तिक लघुवित्त लगायतका संस्थामा काम गरेको अनुभव छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स