दुर्गा जी चिहानको राजसंस्था त्याग्नुस्, वित्तिय अराजकता विरोधी मुद्दामा सहकार्य गरौंः अध्यक्ष ज्ञवाली

काठमाडौं । ‘लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति’का अध्यक्ष मनिराम ज्ञवालीले अभियान्ता दुर्गा प्रसाई राजसंस्थाको मुद्धा त्याग्न तयार भए आफूहरु उनिसँग सहकार्य गर्ने बताएक छन् । मंगलबार राजधानीको संवाद डबलीमा संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संघर्षका कार्यक्रम सार्बजनिक गर्दै अध्यक्ष ज्ञावालीले राजतन्त्रको मुद्धा बोक्ने प्रसाईबाट वित्तिय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवासमेत गरेका छन् ।

अध्यक्ष ज्ञावालीले २०४२ सालमा राजतन्त्रले खुल्ला अर्थतन्त्र र निजीकरणको नीति ल्याएर देशमा अर्थिक अराजकता निम्त्याएको बताउँदै पुनः त्यही तन्त्रबाट समस्या हल हुने भन्दा झन विग्रने जिकिर गरे । बैंक, सहकारी तथा लघुवित्त पीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईको द्वैद चरित्रसहितको सपना पूरा नहुने उनको जिकिर छ । आफूहरुले प्रसाईले उठाएका राजन्त्र बाहेकको वित्तिय अराजकता विरोधीे मुद्धालाई समर्थन गरेको र सहकार्य पनि गर्न तयार रहेको बताउँदै भने,‘दुर्गा जी जनताको पीडक राजसंस्थाको मुद्धा त्यागेर आउनुस् भोलिबाटै हामी हातेमालो गर्न तयार छौं, तर तपाई पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस् ।’

अहिलेको गणतन्त्रले समस्या हल किन नगरेको भन्ने प्रश्नको जवाफमा ज्ञावालीले भने, ‘राजन्त्र फालेर बल्ल बोल्ने र आन्दोलन गर्ने अवसर मिलेको छ, यहि आन्दोनलनबाट सरकारले सम्बोधन गर्नेमा हामी विस्वस्थ छौं ।’ सो संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले आफूहरुको नारा बेचेर प्रसाईंले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै अक्रोश व्यक्त गरे । आफूहरुले २२ महिना देखि आन्दोलन गर्दै आएको मुद्धा उठाएर प्रसाईंले संघर्षलाई डाइभर्ट गर्न लागेको आरोप लगाउँदै भने,“ठूलो त्याग गरेर सामान्ति राजतन्त्र फल्यौं पुनः त्यसैको पुनस्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै बितन्डा मच्चाउने उनको सपना पूरा हुनै सक्दैन ।’

सो संघर्ष समिति सुदुरपश्चिम प्रदेश इन्चार्ज मणि प्रसाद चौलागाईले आफूहरुको र दूर्गा प्रसाईको आन्दोलन्मा आकास–पातालको अन्तर रहेको धारणा राखे । चौलागाईले सरकारले वित्तिय माफियाहरुलाई कारबाही गर्न नसके आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी समेत दिए । कर्णाली प्रदेश संयोजक आशा सञ्जेलले लघुवित्तिय संस्थाहरुको अराजकता गाउँगाउँ पुगेर उठिबास लगाउन थालेकाले सरकारले छिटो भन्दा छिटो निकास दिन पर्ने धारणा राखिन् ।

समितिका विदेश विभाग प्रमुख गगन बहादुर विकले देशमा लघुवित्तहरुको ज्यादतिको कारण हजारौं दिदी–बहिनीहरु विदेश गएर झन दुःख पाईरहेकोले अब विदेशबाट पनि झिकाएर संघर्ष गर्ने चेतावनी दिए । केन्द्रीय सचिव तथा वार्ता कमिटी संयोजक रमेश तामाङले नयाँ संघर्षका कार्यक्रम सार्बजनिक गर्दै फागुन १ गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम गर्ने बताए ।

संघर्षका कार्यक्रमहरुः
१) २०८० मंसिर ५ गते काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन ।
२) २०८० मंसिर १५ गतेदेखि देशव्यापी रुपमा विरोध प्रदर्शन जारी राख्ने ।
३) २०८० मंसिर २६ गते राष्ट्र बैंक केन्द्रीत आन्दोलन,प्रदेश सममेलन सहित सुदुर पश्चिमबाट सुरु गर्ने ।
४) २०८० पुस ३ गते कर्णाली प्रदेश ।
५)२०८० पुस ८ गते लुम्बिनी प्रदेश ।
६)२०८० पुस १३ गते गण्डकी प्रदेश ।
७)२०८० पुस १७ गते बागमती प्रदेश ।
८)२०८० पुस २४ गते मधेश प्रदेश ।
९)२०८० माघ ७ गते कोशी प्रदेश ।
१०)२०८० माघ १६ र १७ गते राष्ट्रिय सम्मेलन ।
११) २०८० फागुन १ गतेदेखि काठमाडौं केन्द्रीत अनिश्चितकालीन धर्ना तथा विरोध कार्यक्रम ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स