छठ पर्वको लागि सिङ्गारियो काठमाडौंको गौरीघाटस्थित वागमती नदी

काठमाडौं । काठमाडौंको गौरीघाट स्थित वागमती नदी किनारमा झिलिमिलि बत्ती जडान गरी तयारी गरिएको छ । नदी किनारमा छठ पूजाका लागि झिलिमिली बत्ती सजावट सँगै फुलमालाले झकमक्का पारिएको छ ।

तराई–मधेसमा मात्र नभई मुलुकका सबै भू–भागमा छठ पर्व मान्ने चलन विस्तार भइरहेको छ । विभिन्न समुदायले सामूहिक रुपमा छठ पर्व मनाउँदै गर्दा छठ साँझा पर्वका रुपमा विकास भएको छ ।

आइतबार साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुले काठमाडौंको गौरीघाट स्थित छठ पुजास्थल पुगी छठी माताको दर्शन तथा पूजा आराधना गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स