एकैदिन यति धेरैले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य २३ सय रूपैयाँले बढेको छ ।

तिहारअघि, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले बढेर १ लाख १५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, तिहारअघि चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा आज ९० रूपैयाँले बढेर १४ सय ५० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स