भूकम्पपीडितलाई ईयूको २८ करोड ८० लाख सहयोग

काठमाडौं । युरोपेली संघ(ईयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायता स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली संघको प्रतिनिधि मण्डलले जनाएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स