काठमाडौं । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलकअभियान ‘लक्ष्मी सनराइजउत्सव’ सार्वजनिक गरेको छ।
नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमामनाउने संस्कारलाई उत्सवका रूपमामनाउँदै यसलाई अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो ।
अझै पनिकतिपय परिवारमा छोरा र छोरीबीचविभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पु¥याउने बैंकको लक्ष्य रहेको छ ।
यस अभियानअन्तर्गत बैंकले छोरीलाई घरकीलक्ष्मीमानेर सम्मान गर्न प्रोत्साहनगर्दै आमनागरिकहरुले कसरी आफ्नो परिवारमामहिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ ।
यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्नु हुने सहभागीहरुमध्ये उत्कृष्ट प्रथम भिडियो बनायनेलाई ५० हजार , दास्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ ।
सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग लक्ष्मी सनराइज पनि प्रयोग गर्नुपर्ने छ ।