नेवारी संस्कृति जगेर्ना गर्न ‘बृहत्त साँस्कृतिक कार्यक्रम, उपमेयर डंगोलले भनिन् ‘यस्ता कार्यक्रमले युवाहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्छ’

काठमाडौं । काठमाडौंको लगन (फसिगाँः ननी) मा बृहत्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाल सम्वत् ११४४ को उपलक्ष्यमा ‘पसिगाँः ननी खल’ द्वारा आयोजित ‘बृहत्त दबु साँस्कृतिक ज्याझ्व’ कार्यक्रममा मुख्य अतिथिको रुपमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल रहेकी थिइन भने अन्य लब्ध प्रतिष्ठित व्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा उपमेयर सुनिता डंगोलले युवाहरूलाई यस्तो साँस्कृतिक कार्यक्रमले आफ्नो प्रतिभा प्रस्फुटन गराउन सहयोग मिल्नुका साथै समाजमा छुट्टै पहिचान बनाउने बताइन् । ‘साँस्कृति लोप हुँदै गएको बेला यस्ता कार्यक्रमले संस्कृतिको जर्गेना गर्न सहयोग पुग्छ,’ उनले भनिन् ‘युवाहरूलाई यस्तो कार्यक्रमले आफ्नो कला प्रस्तुत गर्ने मन्च प्रदान गर्छ ।’

उपमेयर डंगोलले यस्तो कार्यक्रम नेवार समुदायका बालबालिकालाई मात्र नभइ अन्य समुदायलाई समेत आफ्नो संस्कृति जगेर्ना गर्न प्रोत्साहन गर्ने बताइन् । कार्यक्रममा उपमेयर डंगोलले नेपाल सम्वत ११४४ को उपलक्ष्यमा सबैलाई शुभकामना दिइन् ।

बालबालिकालाई नेवारी पहिचानको बाजा तथा संस्कृतिको जर्गेना गर्न सिकाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम व्यवस्थापक सुजता अवालेले जानकारी दिइन् । ‘कार्यक्रममा २४ वटा प्रस्तुती रहेको थियो भने इन्सन लगायताका अन्य ब्राण्डले आफ्नो प्रस्तुति देखाएको उनले बताइन् । उनले भनिन् ‘५ सय जनाभन्दा बढी जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा ५ वर्षदेखि २५ वर्ष उमेर समूहले बालबालिका तथा युवायुवतीले भाग लिएका थिए ।

काठमाडौं महानगर, नबिल बैंकलगायतका विभिन्न संघ संस्थाले कार्यक्रम गर्न सहयोग प्रदान गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स