काठमाडौं । गत कार्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भूकम्पमा भएको मानविय क्ष्यतिप्रति गोल्डस्टारले हार्दिक श्रद्धान्जली अर्पण गर्दै भूकम्पपीडित समुदायलाई महत्वपूर्ण सहयोग प्रदान गर्ने अग्रसरता लिएको छ ।
सङ्कटको घडीमा नेपाली दाजुभाइतथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै गोल्डस्टारले विनाशकारी भूकम्पमा परेका पीडितहरुकालागि ३५ लाख बराबरको १० हजार जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको छ ।
गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले भने, ‘जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाउदैछौं । हामी प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध छौं र वहांहरुको हितमा आफ्नो तर्फबाट थप सहयोग गर्न पनि तयार छौ ।
सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो । मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ ।