दशैँ पछिको सबैभन्दा ठूलो पर्व तिहार

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दशैँ पछिको सबैभन्दा ठूलो पर्व तिहार हो। यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । तिहारको सांस्कृतिक पक्ष पनि छ। तिहार पर्व महान् सांस्कृतिक पर्व पनि हो ।

शरद ऋतुमा पर्ने यो चाडलाई प्रकाश, फुल र सप्तरंगी त्रिवेणीका रुपमा पनि लिईन्छ । यो समयमा जता ततै रंगी विरंगी फूलहरु ढकमक्क फुलेर सबै वातावरण नै सुवासमय र मनोरम बनेको हुन्छ ।

तिहारमा विभिन्न पशुपन्छिको पूजा गरिन्छ । पहिलो दिन कागको पूजा गरिन्छ । दोस्रो दिन कुकुरको र तस्रो दिन माता लक्ष्मीपूजा गरिर्ने परम्परा छ । यद्यपि यस वर्ष यमपञ्चक सुरु भएको दोस्रो दिननै माता लक्ष्मीको पूजा तथा आरधना गर्ने तिथि परेको छ । कहिले काहिँ लक्ष्मी पूजा र गाई तिहार पनि एकै दिन पर्छ भने कहिले गोर्वधन पूजा र गाईपूजा एकै दिन पर्ने गरेको छ ।

दिपावलीको चौथो दिनलाई गोरु तिहार (त्योहार) भनिन्छ । यस दिन बिहान जमिन जोत्न मुख्य भूमिका खेल्ने गोरुलाई पूजा गर्ने परम्परा रहेको छ । पाँचौँ दिन दिदीबहिनीहरु विभिन्न प्रकारका स्वादिला मिष्ठान्न तयार गरेर दाजुभाइलाई टीका लगाइदिने चलन रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स