बाढी पहिरो उद्दार कार्यमा नेपाली सेना (फोटो फिचर)

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल बर्षाका कारण देशको विभिन्न स्थानहरुमा बाढी पहिरो गई जनजीवन प्रभावित भइरहेको छ । बाढी पहिरोबाट प्रभावित ईलाकाहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोगगरी खोज तथा उद्दारको कार्य सञ्चालन भइरहेको छ ।

महाकाली नदमिा आएको बाढीका कारण कञ्चनपुरको भिमदत्त नगरपालिका वडा ९ स्थति ब्रमदेवमा डुवानमा परी ५ जना स्थानीयवासीहरु डुवानमा फसेको हुँदा सेनाले सकुशल हवाई उद्दार गरी सुरक्षित स्थानमा लगेको छ । सोही जिल्ला स्थित दोधारा चादनी नगरपालिकाको वडा नं. ८, ९ र १० तथा भिमदत्त नगरपालिकाका वडा नं. ११ र १२ डुवानमा परेकाले सो ईलाकामा बसोबास गर्ने स्थानीयवासी तथा खाद्यान्नलगायतका सामाग्रीहरुलाई उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

कर्णाली नदीमा आएको बाढीका कारण कालिकोट स्थित लालिघाट र जितेगडा बजार ईलाकामा रहेका केही पसलहरुमा क्षति पुगेकोले पसलमा रहेहका सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सेनाले सहयोग गरेको छ । सोही जिल्ला स्थित महाबै गाउँपालिका वडा नं. ७ राम्नी ईलाकामा पहिरोका कारण १ घर पुरिएको तथा करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीय जोखिममा रहेको हुँदा उद्दार कार्यमा परिचालन भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं. ४ मा पहिरो गई स्थानिय व्यक्तिको घरमा क्षति पुगेकोले उक्त पहिरो पञ्छाई घर नजिकै रहेको रिठ्ठाको रुख ढल्ने जोखिममा रहेकोले उक्त रुख काट्न सेनाले सहयोग गरेको छ ।

बझाङको जयपृश्वी नगरपालिका वडा नं. ३ स्थित पणेश ईलाकामा पहिरो गई स्थानियको घरहरुलगायत माछा पोखरी तथा कुखुरा फर्म जोखिममा रहेकोले उक्त घरहरुमा रहेका सामानहरु तथा पशुपंक्षिहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।

डडेलधुराको अमरगढी नगरपालिका वडा नं. १ स्थित भातकाडा इलाकामा पहिरोका कारणले स्थायि व्यक्तिहरुको घर पुरिएको हुँदा उद्दार कार्यमा खटिएको टोलीहरुले घाईतेहरुलाई अस्पताल लगेको छ ।

कैलालीको टिकापुर नगरपालिकामा कर्णाली नदीले तीब्र रुपमा कटान शुरु गरेकोले सो नगरपालिकाको वडा नं. ५, ६, ७ र ८ का साथै भजी नगरपालिका र जोशीपुर गाउँपालिकाका अधिकांश स्थानहरु डुवानको उच्च जोखिममा रहेको हुँदा कटानलाई तत्काल रोक्न तटबन्ध मर्मत तथा उद्दार कार्य सेनाले गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नं. १, २ र ३ का डुवानबाट प्रभावित इलाकाहरुमा उद्दार कार्य गरेको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४, ५ र ६ मा पहिरो तथा अविरल बर्षाका कारण स्थानीयवासीहरुको घर भत्किएको हुँदा पुरिएका घरहरुमा रहेका खाद्यान्न, लता कपडालगायत अन्य सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।

सुनसरीको ईटहरी उपमहानगरिपालिकाको तरहरा, पानीपिया इलाकामा बस्ती डुवानमापरी स्थानीय व्यक्ति फसेको हुँदा फसेका ५ जना व्यक्तिहरुको सकुशल उद्दारगरी सेनाले सुरक्षित स्थानमा लगेको छ ।

मोरङको विराटनगर ५ हिरियाटोल डुवानमा परेको हुँदा करिब ५० जनाको उद्दार गरी सुरक्षित स्थानमा लगिएको छ ।
पाँचथरको फिदिम नगरपालिका ४, जोरसाल इलाकामा पहिरोको कारण १ घर पुरिदा मृत्यु भएका २ जना मृतकको शव निकाल्न सेनाले सहयोग गरेको छ ।

धनकुटाको चौविसे गाउँपालिका वडा नं. १ मा पहिरोका कारण घर पुरिदा ४ जना बेपत्ता भएको हुँदा बेपत्ता ३ जनाको सकुशल उद्दार गरी बाँकी १ जनाको खोजी कार्यमा सेना रहेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स