लक्ष्मी लघुवित्तको नाफा करिब एक करोड, ईपीएस कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४१ लाख १४ हजार रुपैयाँ ऋणाात्मक रहेको थियो।

चालु आर्थिक वर्षको असोज मसान्तमा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि इन्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक हुन पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.१२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ५५.९१ प्रतिशत बढेको छ ।

लघुवित्तको अन्य सञ्चालन आम्दानी १३.१९ प्रतिशत घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.४४ प्रतिशतबाट बढेर ६.८९ प्रतिशत पुगेको छ । यद्यपि, लघुवित्तले इम्पेरिमेन्ट चार्जवापत २५ लाख रुपैयाँ मात्र छुट्याएको छ । जसका कारण गत आर्थिक वर्षको पहिलो तीन महिनामा ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै, चालु आर्थिक वर्षको सोही अवधिमा धनात्मक हुन पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६३ पैसा धनात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ १४ पैसा रहेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७८.३१ गुणा रहेको छ ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३५ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १.४३ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ६ अर्ब १० करोड ५३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ६० करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स