राष्ट्र बैंकले विकास प्रवर्धन गर्ने क्षेत्रमा बैंक कर्जालाई पुनर्स्थापित गर्न साहसी कदम चालेको छ: गभर्नर अधिकारी

काठमाडौं । एसिएन बैंकको एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै गभर्नर  महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रको स्रोतसाधनलाई पूर्णरुपमा पुनर्संरचना गर्ने बेला आएको बताए । उनले भने ‘दिगो आर्थिक वृद्धि हासिल गर्न जरुरी छ,’। राष्ट्र बैंकले विकास प्रवर्धन गर्ने क्षेत्रमा बैंक कर्जालाई पुनर्स्थापित गर्न केही साहसी कदम चालेको छ। हाम्रो बैंकिङ समुदायले हाम्रो मिसनलाई अत्यधिक समर्थन गरेको छ। आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको छु।

कोभिडको महामारीबाट पुनरावृत्ति भइरहेका बेला विश्‍व बैंकिङ प्रणालीले विश्‍वव्यापी अनिश्‍चित वातावरणबाट ठूलो चुनौतीको सामना गरिरहेको छ। बैंकिङ प्रणाली पनि यसबाट अछुतो छैन। कोभिड–१९ को संकटका बेला पनि बलियो रहेको विश्‍वव्यापी वित्तीय प्रणालीले अहिले चुनौती सामना गरिरहेको छ।

उनले भने विश्व अर्थतन्त्र अझै लड्खडाइरहेको छ। विश्‍वव्यापी वित्तीय जोखिमको स्पिलओभर डोमेस्टिक मार्केटमा देखिएको संकेत छ। धेरैजसो विकसित अर्थतन्त्रहरूमा मुद्रास्फीति मध्यम छ। तर अझै पनि केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि नै छ। केही उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूले अझै पनि उच्च मुद्रास्फीतिको सामना गरिरहेका छन्।

एसियाली बैंकहरूले यी जोखिमलाई आत्मसात गर्न र व्यवस्थापन गर्न सजग र सतर्क हुन आवश्यक छ। परिवर्तनशील बैंकिङ परिदृश्य र अनिश्चित विश्‍वव्यापी वातावरणमा दिगो रहन आवश्यक छ। आर्थिक गतिविधिमा परेको असरलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाउन थालिसकेको छ।

द्रुत प्राविधिक परिवर्तनले बैंकिङ प्रणालीमा धेरै फाइदा भइको छ। नयाँ फिनटेकको विकासले बैंकिङलाई व्यवसायमा रूपान्तरण गरिरहेको छ। नयाँ फिनटेकको प्रयोग गरी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने र बैंकिङ प्रणालीको दिगो विकासलाई कसरी प्रवर्धन गर्ने भन्ने कुरा धेरै एसियाली देशहरूका लागि निकै महत्त्वपूर्ण छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स