सेबोनले गर्यो ८८ कम्पनीलाई कारबाही

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ८८ कम्पनीलाई कारबाही गरेको छ ।

सोमबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गरेको हो । बैठकले ती कम्पनीहरुलाई कारवाहीसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

वार्षिक वित्तीय विवरण त्रैमाससिक वित्तीय विवरण लगायतका विवरणहरु समयमा नबुझाउने कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ढिलो गरी वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई ५० हजार र वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई १ लाख रूपैयाँ जरिवाना गरिएको छ ।

यसअघि बोर्डले साउन ११ गते एक सूचना प्रकाशित गर्दै समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गर्दै अन्यथा धितोपत्र सम्बन्धी ऐनको दफा १०१ अनुसार कारवाही र जरिवनाना गर्ने चेतावानी दिएको थियो ।

बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु उक्त त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

बोर्डले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण सम्बन्धमा नियमावलीको व्यवस्थाको सूचीकृत संगठित संस्थाहरुमध्ये ८८ कम्पनीले परिपालना नगरेको सूची सार्वजनिक गरेको थियो । जसमध्ये ६४ कम्पनीले ढिलो गरी वित्तीय विवरण बुझाएको र २४ कम्पनीले वित्तीय विवरण नै नबुझाएको भन्दै सूची प्रकाशित गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स