काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश रिमाल नियुक्त भएका छन् । कम्पनीको कार्तिक २१ गते बसेको सञ्चालक समितिको पहिलो बैठकले रिमाललाई कामु सीईओमा नियुक्त गरेको हो ।
यसअघि साविकको राष्ट्रिय बीमा संस्थानका नायब महाप्रबन्धक रहेका रिमाललाई कम्पनीको पहिलो बैठकले कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भएको छ । बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो ।