रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृतकका परिवारलाई एक करोड दुई लाखको मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि कार्तिक १९ गते मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

२०७८ साल कार्तिक २९ गतेमा ५० लाख बराबरको बिमालेख खरीद गरेका प्रदिप ज्ञवालीको २०८० साल बैशाख २४ गते दुर्घटनाको कारणबाट मृत्यु भएकोमा कम्पनीले २०८० साल कार्तिक १९ गतेमा मृतकी आमा टिका कुमारी घिमिरेलाई एक करोड दुई लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल ,एजेन्सि म्यानेजर नवराज पौडेल ,लिलाधर कडेल लगायत स्वर्गीय ज्ञवालीको परिवार,छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स