भि.जि.फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

काठमाडौं । विशाल ग्रुप अन्तर्गत भि.जि.फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । फाउन्डेशनले विभिन्न संघ संस्थाहरुको हातेमालोको अपेक्षाको साथ प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख प्रदान गर्ने घोषणा गरेको हो ।

शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पु¥याएको मानवीय तथा संरचनागत क्षतिले फाउन्डेशनलाई अत्यन्त मर्माहित तुल्याएको बताएको छ । साथै, यस भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा फाउन्डेशनले हार्दिक समवेदना प्रकट गरेको छं ।

साथै घाईतेहरु सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना समेत फाउन्डेशनले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स