भूकम्पले ११ जिल्ला प्रभावित, ९३७ घर पूर्ण रुपमा क्षति, ३ हजार घर क्षतिग्रस्त

काठमाडौं। शुक्रबार राति गएको जाजरकोट, प्युठान, सल्यानमा भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्णरुपमा क्षतिग्रस्त घरमध्ये ९०७ वटा जाजरकोटका हुन्।

भूकम्पमा परि जाजरकोटमा १०५ जनाको मृत्यु भएको थियो भने ११२ जना घाइते भएका थिए। शुक्रबारको भूकम्पले जाजरकोटमा १०५ र रुकुमपश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको छ ।

सल्यानमा २५, रुकुमपूर्वमा ५ तथा दैलेख र बैतडीमा १÷१ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। शाखाले उपलब्ध गराएको विवरणमा रुकुम पश्चिमको तथ्यांक छैन। रुकुम पशिचममा भूकम्पमा परि ५२ जनाको मृत्यु भएको थियो भने १३२ जना घाइते भएका थिए।

मन्त्रालयका अनुसार भूकम्पले २ हजार ९५४ घरमा आंशिक क्षति भएको छ। तीमध्ये २ हजार ६८५ घर जाजरकोटका हुन्। रुकुमपूर्वमा ११८, सल्यानमा ९७ र प्युठानमा २९ घरमा आंशिक क्षति पुगेको छ। मन्त्रालयका अनुसार भूकम्पले ११ जिल्ला प्रभावित भएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स