भुकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

काठमाडौं । शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ । परिसंघको आइतबार भएको पदाधिकारी बैठकले भुकम्पमा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यस दुखद् घडीमा प्रभावित नागरिकहरुलाई राहत एवं पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई अपिल गरेको छ ।

भुकम्प प्रभावित नागरिकहरुलाई परिसंघले आफ्नो तर्फबाट सहयोग एवं राहत कार्यलाई निरन्तरता दिईरहेको छ । साथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स