सरकारको निर्णयः रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय

काठमाडौं । सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज÷उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५÷५ करोड रुपैया पठाउने निर्णय भएको हो । रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स