युएईलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप क्रिकेटमा प्रवेश

काठमाडौं । युएईलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज मूलपानी मैदानमा भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १र१ विकेट लिए ।

योसँगै, नेपाल १० वर्षपछि सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स