युएईले दियो नेपाललाई १३५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोटका लागि युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा जारी खेलमा युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो ।

युएईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, कप्तान मोहम्मद वासिमले २६, अलिसान सफुरले १६ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले तीन विकेट लिँदा सन्दीप लामिछाने दुई लिए । त्यस्तै सोमपाल कामी र रोहित कुमार पौड्यलले एक एक विकेट लिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स