काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले घटेर १ लाख १६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १४ सय २० रूपैयाँ कायम भएको छ ।