सिंगापुरले दियो नेपाललाई जितका लागि १४६ रनको चुनौती

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको हो ।

सिंगापुरका लागि युवा ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।

नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई/दुई विकेट लिए । नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स