अनलाइन संचार माध्यममा प्रकाशित भ्रामक समाचारप्रति सानिमा बैंकको ध्यानाकर्षण

काठमाडौं । सानिमा बैंकको भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको छ । बैंकले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको हो ।

अनलाइन संचारमाध्यममा आएको उक्त समाचारमा सत्यता नभएको व्यहोरा बैंकका सेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन चाहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको, संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ व्यवसाय गर्दै आएको विज्ञप्तीमा भनिएको छ ।

बैंकले यस खालका तथ्यहिन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्नु हुन सम्वद्ध पक्षलाई यसै विज्ञप्ती मार्फत सूचित गराएको छ । यस्ता भ्रामक गतिविधिका विरुद्व कानुनी कारवाहीको प्रक्रिया समेत अघि बढाउने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स