नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै

काठमाडौं । नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दशैंको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८ः३० बजेदेखि बेलुकी ४ बजेसम्म एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरी नक्साल आउने छ भने अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यबिनायक हुँदै पुनः नक्साल आउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स