प्रचण्ड, ओली र माधव नेपालले टीका लगाउन नमिल्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो वर्ष टीका नलगाउने भएका छन् ।

दाहालकी पत्नी सीता, ओलीको ठूलीआमा र नेपालका भाइ यहि वर्ष बितेकाले दशैमा टीका नलगाउने भएका हुन् । प्रधानमन्त्री दाहालले टिका नलगाए पनि कार्यकर्तासँग बालुवाटारमा भेटघाट गर्ने भएका छन् । नवमीका दिन झापाबाट फर्केर ओलीले बालकोटमा र नेपालले पनि रौतहतबाट नवमीकै दिन फर्केर कोटेश्वरमा कार्यकर्तासँग भेटघाट गर्ने उनीहरूका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स