टिकाको साइत मंगलबार बिहान ११:०२ बजे उत्तम

काठमाडौं । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मंगलबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत उत्तम रहेको उनले बताए । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले वडा दशैं पर्व भव्य रुपमा मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तज लाम लागेर बस्छन् । वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर पनि आजै भक्तजनका लागि खोलिन्छ । महाअष्टमीमा जस्तै आज पनि शक्तिपीठ एवंं घर घरमा बलीसहित पूजा आराधना गरी नेपालीले आजको दिनलाई विशेष पर्वका रुपमा मनाउँछन् ।

यस अवसरमा आज पनि बिहानैदेखि काठमाडौं उपत्यका र बाहिरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको भीड लागेको छ । आजको दिन शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स