सी.जी. ब्रुअरीका कर्मचारीमाथि भएको घटनाबारे चेम्बरको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सी.जी. ब्रुअरीमा बोनसको विषयलाई लिएर गत बुधबार भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा रहेका बेला यस्ता कार्यले अधिकांश उद्योग व्यवसायमा थप असर पर्ने चेम्बरले उल्लेख गरेको छ ।

चेम्बरद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘कम्पनीहरु न्युन क्षमतामा संचालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा बु्रअरीमा कार्यरत मजदुरहरूले व्यवस्थापनका अधिकारीहरूमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउने जस्ता गतिविधि नगर्न चेम्बरको आग्रह छ, ।’

व्यवस्थापन र मजदुरबीच शान्तिपुर्ण छलफलका माध्यमबाट समस्या समाधान गर्ने विकल्प छँदा छँदै तोडफोडमा उत्रिनु अशोभनीय भएको चेम्बरले जनाएको छ । आफ्ना मागलाई लिएर बार्ता तथा विधिद्धारा समाधानको बाटो रोज्नुको साटो तोडफोडमा उत्रिनु व्यवसायिक वातावरणको प्रतिकुल हुने चेम्बको ठहर छ ।

चेम्बरले भनेको छ, ‘देशको समग्र औद्योगिक प्रतिष्ठानहरूको उत्पादन क्षमतामा हाल निकै गिरावट आएको छ । उद्योग कलकारखानामा हुने यस्ता गतिविधीले उद्योगलाई धरासायी हुने र औद्योगिक प्रवद्र्धनमा नकारात्मक असर पर्नेछ । यस्ता खाले गतिविधीले आन्तरिक र बाह्य लगानीलाई समेत गम्भिर असर पर्नेछ, ।’

सी.जी ब्रुअरीमा भएको पछिल्लो घटनाले औद्योगिक उत्पादनमा योगदान पु¥याएका उद्यमीहरुलाई भविष्यमा थप समस्यामा पार्ने पनि चेम्बरले सम्वन्धित सवैलाई सजग गराएको छ । औद्योगिक सम्वन्धलाई सुमधुर बनाउन र उश्रृंखल गतिविधि नगर्न÷नगराउन समेत सम्वन्धित पक्षसंग चेम्बरले आग्रह गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याईरहेका उद्यमीहरूको मनस्थितीलाई थप कमजोर हुनबाट जोगाउनका लागि आवश्यक पहल हुनुपर्ने चेम्बरले अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स