नेपाल प्रहरीको असई र इन्स्पेक्टर पदका लागि भर्ना खुल्यो, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले एक सूचनता प्रकाशित गरि असई पदमा २६० जना र इन्सपेक्टर पदमा ९६ जना गरि कुल ३५६ जनालाई भर्ना खुलाएको हो ।

जसमा असईतर्फ अमर प्रहरी परिवारबाट ५ , समावेशी महिला २३, आदिवासी जनजाति ३६, मधेशी ३३, दलित १७ र पिछडिएको क्षेत्र ६ जना गरी खुला (१४०) सहित कुल २६० जनाको विज्ञापन खुलेको छ ।

त्यस्तै, इन्स्पेक्टरतर्फ अमर प्रहरी परिवारबाट २, महिला ९, आदिवासी जनजाति १२, मधेशी १३, दलित ६ र पिछडिएको क्षेत्र २ गरी (खुला ५२) सहित ९६ जनाको विज्ञापन खुलेको छ ।

इन्स्पेक्टर पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने असई पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

इन्स्पेक्ट पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र असई पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्णय हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।

दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । असई पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने छ भने इन्स्पेक्टर पदको हकमा अनलाइनमार्फत् दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

असइै पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत ९१०० रुपैयाँ०को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

इन्सपेक्टर पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स