साविक रिलायन्स लाइफ इन्स्योरेन्सकोे नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । साविक रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार १९ रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउनेछन् ।

मुद्दती सुरक्षण बीमा योजना (नियमित शुल्क)
कम्पनीले यस योजनामा प्रतिहजार २४ रुपैयाँ बोनसदर घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २४ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिको लागि प्रति हजार २४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यस योजनामा सबैभन्दा धेरै २० देखि २४ वर्ष अवधिको पोलिसी बिक्री भएको छ । यस पोलिसी ६ हजार ०१५ वटा बिक्री भएको छ ।

मुद्दती सुरक्षण बीमा योजना (एकल शुल्क)
कम्पनीले यस योजनामा प्रतिहजार ५४ रुपैयाँ बोनसदर घोषणा गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ५४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिको लागि प्रति हजार ५४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी बीमा योजना
९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ३० रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि पनि ३० रुपैयाँ बोनस पाउनेछन् ।

सामुहिक सावधिक योजना
९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार १९ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार १९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि १९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि १९ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि पनि प्रति हजार १९ रुपैयाँ बोनस पाउेछन् ।

सावधिक जीवन बीमा योजना
यस योजनामा ९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथिले ६० रुपैयाँ बोनस पाउनेछन् ।

सावधिक बीमा योजना
९ वर्ष अवधिको यस बीमा योजना खरिद गरेका बीमितले प्रतिहजार ३० रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । २५ वर्षभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनस पाउनेछन् ।

सिमित भुक्तानी सावधिक बीमा योजना
यस बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति वर्ष ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ वर्ष अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स