नेपाल लाइफद्वारा तिमी यो दशैंमा के गर्छौ? नामक टिकटक प्रतिस्पर्धाको आयोजना

काठमाडौं । नेपालकै अग्रणी एवम् सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिंगलमा (जिंगलको लिंक: https://vt.tiktok.com/ZSN6GFKjC/) सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ ।

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ । प्रथम हुनेलाई नगद तीस हजार, द्वितियलाई बीस हजार र तृतीयलाई दस हजार रूपैयाँ पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्ने छन् । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले वडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स