गाजा अस्पतालमा हवाई आक्रमण हुँदा ५०० प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

मंगलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो।

अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ ।घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मंगलबार दिउँसो आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो। त्यहाँ शरण खोजिरहेका करिब ४,००० मानिसहरूले लागि आश्रय लिइरहेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स