सुनको मूल्यमा भारी वृद्वि, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर १ लाख १३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १४ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स