काठमाडौं । कोका-कोला नेपालले आगामी चाडपर्व दशैं र तिहारका लागि आफ्नो लोकप्रिय ‘सम्बन्ध उत्सव स्वाद सँग’ अभियानलाई पुनः अवलोकन गर्दैछ। दशैं भनेको परिवारहरू एकजुट हुने, परिकार बाँड्ने र आफ्नो बन्धनलाई मजबुत बनाउने समय हो । अभियानमा यही धारणालाई जोड दिन नेपालमा दशैं र तिहारलाई प्रतिनिधित्व गर्ने कलाकृतिहरू देखाउने दुईवटा लेबलहरू राखिनेछ।
दुईवटा लेबलमा रहेका कलाकृतिले दशैंमा टीका लगाउने, तिहारमा दीयो बाल्ने र देउसी भैलो खेलेर मनाउने जस्ता गतिविधिहरू समेटेको छ। उक्त लेबलहरू कोका-कोला १ लिटर, १.५ लिटर र २.२५ लिटरका बोतलहरुमा उपलब्ध हुनेछन् ।
कोका-कोलाको ‘सम्बन्ध उत्सव स्वाद सँग’ अभियानले दशैं र तिहारको भावनासँग पूर्ण रूपमा मिलेर एकता र पारिवारिक बन्धनको मूल नेपाली सिद्धान्तहरू झल्काउँछ। यो परम्परा, संस्कृति र रमाईला पलहरू कोका-कोलाको साथ बाँड्ने उत्सव हो, जसले चाडपर्वको सिजनमा स्फूर्तिदायी स्पर्श थप्दछ।
कोका-कोला बेभरेज नेपालका म्यानेजिङ डाईरेक्टर, जी. दीपक सेन्थिल नाथले भने,‘कोका-कोला ५० वर्षदेखि नेपाली समाज र उत्सवको एक हिस्सा रहेको छ जसमाथि हामी धेरै गर्व गर्दछौं । कोका-कोलासँग मानिसहरूलाई एकजुट बनाउन प्रतिबद्ध छौं। हामी आशा गर्दछौं कि ‘सम्बन्ध उत्सव स्वाद सँग’ अभियानले यो दशैं र तिहारलाई नेपालभरका परिवारहरूका लागि अझ विशेष बनाउन मद्दत गर्नेछ।’
कोका-कोला नेपालले सबैलाई परिवार र साथीहरूसँग दशैं र तिहारको म्याजिकल उत्सव मनाउन आमन्त्रित गर्दछ। ‘सम्बन्ध उत्सव स्वाद सँग’ अभियानले जीवनका उत्कृष्ट पलहरु हाम्रा आफ्ना मान्छेहरुसँग बाँड्न एउटा सानो सम्झना हो।