दशैंमा सात करोडको खसीबोका कारोबार

धरान । धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दशैंमा सात करोड बराबरको खसीबोका कारोबार भएको छ । कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो । असोजभरि सात हजार र दशैंमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ ।

समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दशैं अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो । दशैंको मुखमा पाँच करोडको कारोबार भएको छ । धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।

उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ । किसानले बिहीबार नै खसीबोका ल्याउँछन् ।

शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ । ‘पछिल्लो समय कृषि फार्ममा बाख्रापाल्नेको सङ्ख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो । किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्’, व्यवस्थापक भट्टराईले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स