सन सेक्युरिटिजमार्फत हुने सेयर कारोबारको भुक्तानी इसेवाबाट गर्न सकिने

काठमाडौं । सन सेक्युरिटिजमार्फत हुने सेयर कारोबारको भुक्तानी इसेवाबाटै गर्न सकिने भएको छ । अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ अफ्फिसर बिशाल रिजालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार सेयर कारोबारको भुक्तानी र सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिने कम्पनीले जनाएको छ।

यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको सेयर खरिद(बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने विश्वास कम्पनीले गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स