घटस्थापनाको शुभ अवसर पारेर डिशहोम फाइबरनेटको अफर, एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा

काठमाडौं । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ वर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस् अफर अन्तर्गत नयाँ ग्राहकले ५० एम.बि.पि.एस देखी ३०० एम.बि.पि.एस सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् ।

जसमा ग्राहकले ५० एम.बि.पि.एस देखी २५० एम.बि.पि.एस सम्म फाईभ(जी राउटर पाउनेछन भने ३०० एम.बि.पि.एसको प्याकेज लिने ग्राहकले वाईफाई(६ राउटर पाउने छन् ।

यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।

एक वर्षको नयाँ कनेक्सनमा २ वर्षको सेवा अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स