मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५०-बी३ई हेलिकप्टर बिहान करिब ७ः१३ बजे दुर्घटनामा परेको हो ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए ।

हेलिकप्टरमा पाइटल पिके सेढाइ मात्र रहेका थिए । हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स हस्पिटल ल्याइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स