सवारी साधनमा बढाएको भाडा आजबाट लागू हुने, कति किलोमिटर चढ्दा कति भाडा लाग्ने ?

काठमाडौं। बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजबाट लागू हुने भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

अबदेखि सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नु पर्नेछ भने यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ ।
त्यस्तै,
· १० किलोमिटरसम्म २३ रुपैयाँ

· १५ किलोमिटरसम्म २७ रुपैयाँ

· २० किलोमिटरसम्म ३० रुपैयाँ

· २० किलोमिटरमाथि ३५ रुपैयाँ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स