बजार खोलेको पहिलो दिनमै ७ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । दशैंपछिको पहिलो दिनमै छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

असोज २५ गते छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएकोमा आज पहिलो दिनमै प्रतितोला ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, असोज २५ गते चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएकोमा आज ४५ रुपैयाँ बढेर १२ सय २५ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स