आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण हाल देशभर आंशिक बदलीका साथै सामान्यतया मौमस सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमसविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंको अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटरभन्दा धेरै रहेको मौसमविद् लामिछानेले जानकारी दिए । आज काठमाडौंमा अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको र दिउँसोतिर आंशिक बदली रही एकरदुई स्थानमा क्षणिक वर्षा हुनसक्ने उनले बताए ।

आज राति कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स