सलिकोद्वारा पोखराको निर्माणाधिन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । ‘विश्वासको सम्बन्ध, एकताको प्रतीक’ आदर्श बोकेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कास्की जिल्लाको पोखरा महानगरपालिका-१ मा निर्माणाधिन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले समाजिक उत्तरदायित्व अन्तरगत उक्त प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि पाँच लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको उपलब्ध गराएको हो ।

सलिकोले सामाजिक कार्यको लागि यती ठूलो धनराशी सहयोग गरेबाट कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक विकासमा टेवा पु¥याउन लागि परेको भन्न सकिन्छ ।

व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु¥याएको कार्य आफैमा सरहानिय देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स