काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ९ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १३ सय ५० रूपैयाँ कायम भएको छ ।