साविक गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७६ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७८/७९ को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २० रुपैयाँदेखि अधिकतम ७६ रूपैयाँसम्म बोनस पाउनेछन् ।

साविक गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट संयुक्त रुपमा जीवन बीमा कारोबार सुरु गरेपनि साविकका कम्पनीहरुले सो आर्थिक वर्षको लागि छुट्टाछुट्टै बोनसदर निर्धारण गर्नुपर्नेछ ।

सावधिक जीवन बीमालेख
कम्पनीले यस योजनामा न्युनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४४ हजार ४२४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेख अन्तर्गत ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ५ हजार ८ सय ९९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस पाउने छन् ।

अग्रिम भुक्तानी सावधिक बीमालेख
कम्पनीले यस योजनामा १४ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ बोनसदर घोषणा गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६०७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस पाउने छन् ।

वार्षिक नगद फिर्ता योजना
कम्पनीले यस योजनामा १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी बिक्री भएको पाइन्छ । यस योजना ७ हजार १ सय १३ वटा बिक्री भएको छ । यस पोलिसीमा बीमितहरुले ४३ रुपैयाँ बोनस पाउनेछन् ।

गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना
कम्पनीले यस योजनामा १४ वर्ष अवधिको लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ३१ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३ सय ५२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनस पाउने छन् ।

३० वर्षे गुराँस रक्षक (सिमित भुक्तानी) गुराँस सावाधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजना
कम्पनीले यस योजनामा १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ ,२० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ बोनसदर घोषणा गरेको छ भने २५ वर्ष अवधिभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर पाउनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स